• २०८१ पुष ८, २०८१ ०१:४१

अदालत पुगेर आत्मसमर्पण गरेका पूर्वआईजीपी चन्द जेल चलान

अदालत पुगेर आत्मसमर्पण गरेका पूर्वआईजीपी चन्द जेल चलान

बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी जेल चलान भएका छन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका ठकुरी अदालत पुगेर आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् । चन्दलाई डिल्लीबजार जेल चलान गरिएको छ ।

चन्द बिहीबार दिउँसो ४ बजे सर्वोच्च पुगेका थिए । दुई बर्ष अघि अर्थात २०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौ जनालाई जेल सजायको फैसला सुनाएको थियो ।

फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो ।फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको थियो ।