‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लेखनाथ, किंमबेसीस्थित श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि रु १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।
कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेका थिए । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।