• २०८२ बैशाख ८, २०८२ १२:३९

कार्यक्रमस्थलबाटै ‘लखेटिए’ मन्त्री पण्डित, अङ्गरक्षकले मुस्किलले जोगाए [भिडियाे]

कार्यक्रमस्थलबाटै ‘लखेटिए’ मन्त्री पण्डित, अङ्गरक्षकले मुस्किलले जोगाए [भिडियाे]

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कार्यक्रमस्थलबाटै लखेटिएका छन् ।

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रम स्थलबाटै धपाएका हुन्।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो। सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए।

भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए। । उनीहरूले मन्त्री पण्डित विरूद चर्का नारा लगाउदै बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले । स्थिति नियन्त्रण बाहिर भएपछी उनी कार्यक्रम छाडी मन्त्री क्वार्टरतर्फ लागेका थिए ।

भिडियाे