• २०८१ पुष ८, २०८१ ०९:११

मुक्तिनाथ र ऊँ समाज डेण्टल हस्पिटलबीच सहकार्य

मुक्तिनाथ र ऊँ समाज डेण्टल हस्पिटलबीच सहकार्य

मुक्तिनाथविकास बैंक लि र ऊँ समाज डेण्टल हस्पिटलविच सहकार्य भएकाे छ । बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएकाे शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ सहकार्य भएको हाे ।

उक्त सम्झौता पक्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृक प्रद्युमन पोखरेल तथा ऊँ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्ड वाहक ग्राहकहरूले डेण्टल अस्पताल, चावहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जारी गरेकाे विज्ञप्तिमा जनाएकाे छ ।

मुक्तिनाथले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशै भरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।