• २०८१ पुष ८, २०८१ ०९:२३

अब सिभिल बैंक पनि अईएसओ प्रमाणित

अब सिभिल बैंक पनि अईएसओ प्रमाणित

समृद्धिको लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढीरहेको सिभिल बैक अब आईएसओ ९००१ : २०१५ प्रमाणित बैक बन्न सफल भएको छ । सिभिल ट्रेड सेन्टर सुन्धरास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आईएसओको प्रमाणपत्र आईएसओ सर्टिफिकेसनको आधिकारिक संस्था युनाईटेड रजिस्टार्ड अफ सिस्टमका नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गरे ।

आईएसओ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रूपमा अन्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधाहरू प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणिकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरूद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरूको पालना गरिएको प्रमाणिकरण पनि हो ।

सिभिल बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आईएसओ प्रमाणीकरणसँगै आगामी दिनहरूमा ग्राहकमैत्री सेवा तथा सुविधाहरू ग्राहककै चाहना अनुरूप आधुनिक डिजिटल बैकिङका प्रोडक्टरहरू ल्याउने बताए ।

सिभिल बैकका अध्यक्ष ई. इच्चाराज तामाङले अब सिभिल बैकको सेवा तथा सुविधाहरू ग्राहक केन्द्रित भएको र नियमनकारी निकायहरूको सबै नियमहरूको पालना गरी अगाडि बढिरहेको पुष्टि भएको बताए । आगामी दिनहरूमा ग्राहककै सेवामा केन्द्रित भएर अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।

सिभिल बैंकका कुल ९६ शाखा रहेका छन् । बैकले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरूको हितलाई ध्यानमा राखी सेवा सुविधालाई परिष्कृत गर्दै अगाडि बढ्ने बैकद्वारा प्रेषित प्रेस विज्ञप्तिमा उल्लेख छ ।