• २०८१ पुष ९, २०८१ ०१:१३

काङ्ग्रेस संसद् खोल्नुपर्छ भन्ने पक्षमा छ : नेता विश्वकर्मा

काङ्ग्रेस संसद् खोल्नुपर्छ भन्ने पक्षमा छ : नेता विश्वकर्मा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले बाढीपहिरोका कारण मुलुक गम्भीर सङ्कटमा रहेको बेला संसद् बन्द गर्ने सरकारको कदम गलत भएको बताएका छन् । उनले प्रभावितको बारेमा कुरा राख्ने थलो नै संसद् भएकाले खोल्नुपर्ने बताए ।

काठमाडौँमा आइतबार आयोजित साक्षात्कारमा नेता विश्वकर्माले काङ्ग्रेस संसद् खोल्ने पक्षमा रहेको बताए । ‘जनताको आवाज मुखरित गर्ने थलो संसद् सञ्चालन हुनुपर्छ’, उनले भने । राष्ट्रियसभाका अध्यक्षले संसद् नियमावलीअनुसार सञ्चालन गरेकाले संसद् चलिरहेको तर प्रतिनिधिसभाका सभामुखले प्रतिनिधिसभा नियमावलीलाई लत्याएर काम गरेका कारण संसद् चल्न नसकेको नेता विश्वकर्माको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले वर्तमान सरकार विकास र समृद्धिको लक्ष्य पूरा गर्न आधारशीला खडा गर्दै अघि बढिरहेको बताए । छोटो समयमा नै देशको विकास गर्नुपर्ने भएकाले त्यस अनुरुप सरकारले काम गरिरहेको उनको भनाइ थियो ।