• २०८१ पुष ८, २०८१ ०८:३२

धेरै समय विद्यालयमा रहँदा विद्यार्थीमा नकारात्मक असर

धेरै समय विद्यालयमा रहँदा विद्यार्थीमा नकारात्मक असर

हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौं वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताए।

विद्यालयमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक तथा आर्थिक उपलब्धिको ढोका बन्द हुनसक्ने उनको सुझाव छ। बालबालिकादेखि हुर्किएका विद्यार्थीले पनि लामो समय विद्यालयमा बिताउनु उचित नभएको उनको भनाइ छ। टाढा विद्यालय भएकाहरू र कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थी बिहान ८ बजे स्कुल जानका लागि ७ बजे नै घरबाट हिँड्नुपर्छ।

साँझ घर फर्किंदा ५ बज्छ। ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँझसम्म विद्यार्थीलाई राख्ने गरिन्छ। लामो समय स्कुलमा समय बिताउँदा थकानका कारण न अतिरिक्त क्रियाकलाप प्रभावकारी हुने गर्छ न त शिक्षकले पढाएको नै प्रभावकारी हुन्छ– डा शाक्य थप्छन्। यस्तो हुनु उनीहरूको मानसिक तनावको विषय हुने उनले जानकारी दिए। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।