• २०८१ पुष ९, २०८१ ०७:३१

सचिवालय बैठक बस्नुअघि बालुवाटारमा पूर्वएमाले समूहको बैठक

सचिवालय बैठक बस्नुअघि बालुवाटारमा पूर्वएमाले समूहको बैठक

पूर्वएमाले समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्नुअघि सोमबार बिहान बालुवाटारमा बसेको बैठकमा नेकपाका ३३ विभागमध्ये स्कुल विभागमा देखिएको जटिलताबारे छलफल भएको जानकारी बालुवाटार स्रोतले दिएको छ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वएमालेतर्फका नेताहरु सहभागी छन् । बैठकमा ओली नेतृत्वको सरकारको कामको समीक्षा पनि भएको बताइएको छ । ‘बालुवाटारमा पूर्वएमालेका नेताहरुबीच छलफल भएको हो’, बालुवाटार श्रोतले भन्यो, ‘बैठकमा पार्टीको स्कुल विभागमा देखिएको समस्या, सरकारको काम र भावी रणनीतिबारे छलफल भइरहेको छ।’ स्कुल विभागको विवादका कारण यसअघि बस्ने भनिएको सचिवालय बैठक दुई पटक स्थगित भएको अवस्थामा पूर्वएमाले समूहको बालुवाटार छलफललाई अर्थपूर्णरुपमा लिइएको छ।

नेकपाको स्कुल विभागका पूर्वएमालेकोतर्फबाट इश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रकोतर्फबाट नारायणकाजी श्रेष्ठले दाबी गरिरहेका छन्। दुई नेताले अडान नछाडेपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्पमा छलफल गरेका थिए।