• २०८१ पुष ७, २०८१ ११:३१

‘चौरसियालाई कसले हानेको भन्ने एकदमै क्लियर छ’

१४ कात्तिक, वीरगञ्ज । कात्तिक ६ गते पर्साको विन्दबासिनी गाउँपालिकामा नेकपा गाउँ कमिटीको सपथग्रहण कार्यक्रममा पार्टीकै दुई पक्षबीच झडप भयो । झडपमा परेर गाउँ सचिव मुकेश चौरसियाको मृत्यु भयो । मृतकका आफन्तले १२ जना विरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले सुरुमा जाहेरी लिएन ।

प्रहरीले जाहेरी नलिएको विरोधमा नेकपाको एउटा पक्ष सडकमा आयो ।  अन्ततः पीडित पक्षले जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता गरायो र मृत्यु भएको एक सातापछि शुक्रबार बल्ल चौरसियाको दाहसंस्कार गरिएएको छ ।