• २०८१ पुष ८, २०८१ ०२:४६

रानीपोखरी ५ बर्ष पछि खुल्ला, दर्शन गर्नेको लाग्यो भिड

रानी पोखरी ५ बर्ष पछि खुल्ला भएको छ। प्रत्येक बर्ष तिहारको भाईटिकाको दिन खुल्ला हुने रानी पोखरी २०७२ साल १२ गते आएको भूकम्पले क्षति ग्रस्त भएपछि बन्द भएको थियो। यसको पुननिर्माण सम्पन्न भएपछि राष्टपति बिद्यादेवी भण्डारीले रानीपोखरीको समुद्घाटन गरेकी थिइन् ।

भुकम्प पछि पहिलो पल्ट रानीपोखरीको बालगोपालेश्वोरको मन्दिर सर्बसाधारणका लागि खुल्ला गरिएको छ। यो मन्दिरमा दशर्न गर्नका लागि भक्त्तालुजनहरुको भिड लागेको छ । भाईटिकाको दिन यस मन्दिरमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुले टिका ग्रहण गर्ने गर्दछन् । यस बर्ष रानीपोखरी २ दिन खुल्ला गरिएको छ ।

रानीपोखरीको निर्माण राजा प्रताप मल्लले आफ्ना १३ बर्षे पुत्रको मृत्यु शोकमा परेकी रानी अनन्तप्रियाका चित्त बुझाउन लागि निर्माण गरेका थिए ।