• २०८१ पुष ८, २०८१ ०२:२८

सचिवालय बैठक सार्न ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक सार्न अर्का अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेका छन् । नेकपा महासचिब बिष्णु पौडेल ओलीको प्रस्ताव बोकेर प्रचण्ड निबास खुमलटार गएका थिए । तर प्रचण्डले भने ओलीको बैठक सार्ने प्रस्ताव अस्वीकार गरेका छन्  ।

महासचिब पौडेलले प्रचण्ड संगको भेटमा समस्या समाधानको सुत्र खोजेर मात्र बैठक बस्न उपयुक्त हुने ओलीको संदेश सुनाएका थिए ।

पार्टीभित्रको विवादको समाधान खोजेर मात्रै सचिवालय बैठक बसौँ। त्यसका लागि बुधबारको बैठक केही दिन पर सारौँ र सहमतिका लागि छलफल गरौँ भन्ने ओलीको प्रस्तावलाई अध्यक्ष कमरेडले अस्वीकार गर्नुभयो’, प्रचण्ड निकट एक नेताले भने, ‘अध्यक्षले बैठकको मिति भएकाले बैठक सार्नु राम्रो नुहने बरु भोलिकै सचिवालयमा बाँकी छलफल गरौंला भनेपछि महासचिव सोही सन्देश बोकेर बालुवाटार जानुभएको छ ।

प्रचण्डको बैठक नरोक्ने जवाफ बोकेर महासचिव विष्णु पौडेल मंगलबार नै बालुवाटार पुगेपछि ओलीले आफू निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका छन् । सो छलफलमा पनि ओलीले पहिला दुई अध्यक्षबीच सहमति कायम गरेर मात्रै सचिवालय बैठक बस्नुपर्ने भन्दै के गर्दा ठिक हुन्छ भनेर धारणा मागेका थिए