• २०८१ पुष ८, २०८१ ०२:२६

देशको मुख्य मुद्धा ओली होइन ओली प्रवृत्ति हो : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्धा व्यक्ति नभएर ओली प्रवृत्ति रहेको बताएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन् , व्यक्तिको रुपमा मलाई ओली धेरै मन पर्ने मान्छे हुन् , तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाधक भएको बताएका छन् ।

यो एउटा पार्टीको मुद्धा मात्र हैन। कुनैपनि वहानामा यसलाई काँध थाप्ने गल्ति नगरौं ।

पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली बीच भएको ३ घण्टा भेट वार्तालाई लिएर विभिन्न कोणबाट चर्चा भैइराखेको बेला भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।