• २०८१ पुष ८, २०८१ ०२:१९

परराष्टमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ । बिहिवार काठमाडौँ आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले परराष्टमन्त्री प्रदीप ज्ञवाली संग शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा भारतीय विदेश सचिवले कोरोना उपचारमा नेपाललाई भ्याक्सिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसैबीच भेटपछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सदुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन्

त्यसैगरि भारतीय विदेश सचिव हर्षवर्द्दनले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली संग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले शिष्टाचार भेटघाट गरेका हुन् । उनले आजनै राष्टपति बिद्यादेवी भण्डारी संग पनि भेटघाट गरेका छन् ।

हर्षवर्द्दन नेपाल र भारत बिचको परराष्ट सचिवस्तरिय बैठकका लागि २ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन भारतद्वारा निर्मित भवन उद्घाटन गर्न भोलि मनाङ र गोर्खा जाने कार्यक्रम रहेको छ। भोलिनै उनी स्वदेश फर्कने तालिका रहेको बताएको छ ।

नेपाल र भारत बीच चिसिएका सम्बन्ध सुधार्न पछिल्ला समय भारत बाट उच्चस्तरिय भ्रमण हुदै आएको  छ ।  सिमा विवाद पछि नेपाल र भारतको सम्बन्ध चिसिएको छ ।

नेपालले कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नक्सा जारी गरेपछि नेपाल र भारत बीच संवाद हुन सकेको थिएन । सिमा विवाद पछि भारत बाट भएको यो तेश्रो उच्चस्तरीय भ्रमण हो । यो भन्दा अघि भारतीय सेना प्रमुख नर्वाणे र भारतीय रअ प्रमुख गोयल आएका थिए ।