• २०८१ पुष ८, २०८१ ०२:०८

विवेकशील र साझा पार्टीबीच एकता घोषणा

काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टी बीच पुन एकता भएको छ । बुधबार अनलाइन मार्फत एकता भएको घोषणा गरेको हो ।

एकतापछि पार्टीको नाम विवेकशील साझा राखिएको छ । एकीकरणपछि पार्टी अध्यक्ष रबिन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहेका छन् ।

त्यस्तै कार्यकारी अधिकार दुवैलाई हुनेछ । वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने प्रस्ताव गरिएको छ ।

एकीकरणपछि दुवै पार्टीका ६५/६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३/१३ जना रही २६ जनाको हुने प्रस्ताव छ ।

२०७४ सालमा विवेकशील र साझा पार्टी बीच एकता भएको थियो । तर एकिकरणको १७ महिनामै पार्टी बिभाजन भएको थियो । २३ महिनापछि पुन विवेकशील नेपाली दल र साझा पार्टी बीच एकीकरण भएको हो ।