• २०८३ जेष्ठ २५, २०८३ ०३:४७

कलंकीमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु ६ जना घाइते

काठमाडौँ । शनिबार कलंकीमा थानकोटबाट आउदै गरेको ट्रक दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । एकजनाको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो भने एकजनाको शव शनिबार ट्रकले निकाल्ने क्रममा भटिएको थियो। त्यस्तै एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनमा मृत्यु हुनेहरुमा ओखलढुंगा निबासी शंखर परियार, धादिंङका ४२ बर्षीय राजु पौडेल र रञ्जितकुमार चौधरी रहेको छ ।

त्यस्तै घाइते हुनेहरुमा रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ ।

हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीलाई ठक्कर दिनुका साथै कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो । परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ ।