• २०८१ पुष ८, २०८१ ०२:५०

ओली सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । सोमबार नेपाली कांग्रेसले ओली सरकारविरुद्ध देशभर बिरोध प्रदर्शन गरेको छ । कांग्रेसले ओली सरकार सर्बसत्तावाद, निरंकुस, भ्रस्टचारी भएको भन्दै बिरोध प्रदर्शन गरेको हो ।

कांग्रेसले सरकार कोभिड १९ को बिरामीको उपचार तथा नियन्त्रण गर्न असफल बनेको, जनतालाई राहत वितरण गर्न नसकेको, देशमा हत्या हिंसा बढ़ेको, पीडितले न्याय नपाएको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओली भ्रस्टाचारमा लिप्त बनेको र शक्तिको दुरुपयोग गरेको कांग्रेस नेत्री डिला सग्रौलाले आरोप लगाएकी छिन् ।

सरकारले जनताले दिएको अभिभारा पुरा गर्न नसकेको भन्दै उनले भनिन्, देशमा कुशासन बढेको, देशमा असुरक्षा बढेको, जनताले न्याय भन्दा अन्यायको पाएको, बलात्कार बढेको, अपराधीको सम्राक्षण सत्ता र शक्तिको आढमा जे पनि गर्ने ओलीको कुर्सिमा बस्ने औचित्य सकेको भन्दै बिरोध गरिन् ।

नेपाली कांग्रेसले सरकारको लाचारी अपारदर्शी बिरुद्ध देशको  ७७ जिल्लामा बिरोध प्रदर्शन गरेको हो । काठमाडौँमा जुलुश रत्नपार्कबाट शुरु भएर बागबजार पुतलीसडक कमलादी घन्टाघर हुदै फेरी रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । काठमाडौँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, नेत्री डिला संग्रौला, नविन्द्रराज जोशी र भीमसेनदास प्रधानले सम्बोधन गरेका थिए ।