काठमाडौँ । आइतबार देखि सुरु भएको उखु किसानहरुको आन्दोलन शनिबार पनि जारी रहेको छ । शनिबार उखु किसानहरुले माइतीघर घर देखि बानेश्वोर सम्म प्रदर्शन गरेका छन् । उनीहरुले उखु किसानको माग पुरा गर बिचौलियालाई कारबाही गर, किसान मार्न पाइदैन जस्ता नारा लगाएका थिए। नारा जुलुश गर्दै कार्यक्रम बानेश्वोरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
शनिबारको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता,अभियन्ता तथा संघ सस्थाले उखु किसानहरुको पक्षमा एक्यबद्धता जनाएका थिए। उखु किसानहरुको आन्दोलनमा जसपाका नेता चन्द चौधरी, हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही लगायत तराईका नेताहरु पुगेका थिए।
उखु किसानहरुले एक हप्ता देखि माइतीघरमा आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले उखु मिल बाट करिब ९० करोड बक्यौता रकम पाउनु पर्ने माग राख्दै बिरोध प्रदर्शन गरि रहेका छन् । २०७६ साल पुस १८ गते उखु किसानहरु र सरकार बीच ५ बुंदे सम्झौता भएको थियो । सरकारले चिनी मिल बाट भुक्तानी दिलाई दिने भन्दै सम्झौता गरेका थिए तर त्यो कार्यान्यन नभएपछि उखु किसानहरु सर्लाही देखि काठमाडौँ आन्दोलन गर्न आएको हुन्।