काठमाडौँ । शनिबार आन्दोलरत उखु किसानहरुलाई लाइन्स क्लब माछापोखरी काठमाडौँले ब्ल्यांकेट वितरण गरेको छ । समाजसेवी तथा राजनीतिकर्मी अजित खड्काको टिमद्वारा उखु किसानहरुलाई शनिबार बानेश्वोरमा पुगेर ब्ल्यांकेट वितरण गरेको हो। लाइन्स क्लब माछापोखरी काठमाडौँले उखु किसानहरुको आन्दोलनमा एक्यबद्धता पनि जनाएका छन् ।
उखु किसानहरु दिनभरी माइतीघरमा आन्दोलन गर्छन् भने साझ पशुपतिमा गएर रात कटाउछन् । काठमाडौँमा जाडो बढेको कारणले उखु किसानहरुलाई रात कटाउन समस्या परिरहेको समयमा लाइन्स क्लबद्वारा ब्ल्यांकेट वितरण गरेको हो । उखु किसानहरु आइतबार देखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
उनीहरुले चिनी मिल संग लिन बाकी रहेको ९० करोड बक्यौता रकम पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्नो पुरा रकम नपाउन्जेल सम्म आन्दोलन नछोड्ने बताएका छन् । २०७६ साल पुस १८ गते सरकार संग गरेको ५ बुंदे सम्झौता कार्यान्यन गर्न पनि उनीहरुले माग गरेका छन् ।