• २०८१ पुष ८, २०८१ ०१:५७

प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस

पुष ५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले राष्टपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् ।  आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर संसद विघटन गर्ने सिफारिस गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएको विवादका कारण केपी ओली पार्टीमा अल्पमतमा परेका  छन् । सरकार संचालनको मुख्य बागडोर समालेका प्रधानमन्त्री केपी ओली पटक पटक विवादित बन्दै आएका छन् ।

कहिले पार्टी संचालनको कारणले भने कहिले सरकारको काम कारबाहीको कारणले ओली पार्टी भित्र र बहिरा आलोचित बन्ने गरेका छन् ।

उनले मङ्सिर ३० गते ल्याएको संबैधानिक परिषद सम्बन्धि अध्यादेशका कारण पार्टी भिन्त्र र बाहिर बिरोध हुदै आएका छन् ।