• २०८१ पुष ८, २०८१ ०२:२६

राष्टपतिद्वारा प्रतिनिधि सभा विघटन, बैशाख १७ र २७ चुनाबको घोषणा

पुस ५, काठमाडौँ  । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्टपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । संसद विघटन संगै आमचुनाबको पनि घोषणा भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकलमा प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्टपति कहाँ पठाउने निर्णय गरेको थियो ।  सोहि निर्णय अनुसार प्रधानमन्त्री ओलीले राष्टपतिलाई संसद गर्न सिफारिस गरेका थिए ।

संसद बिघटन संगै राष्टपतिले २०७८ बैशाख १७ र २७ गते आमचुनाबको घोषणा गरेकी छिन् ।