• २०८१ पुष ८, २०८१ ०२:२०

पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउने प्रचण्ड नेपाल समूहको निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड – नेपाल समूहको मंगलबार बसेको केन्द्रिय कमिटिको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको निर्णय गरेको छ ।

केपी ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संबिधान, लोकतन्त्र, पार्टी तथा पार्टी एकताको विरुद्ध कार्य गरेकोले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकोले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरि पाटी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी बैठकले नयाँ अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरेको छ । थापाथलीको कार्की पार्टी प्यालेसमा बसेको बैठकले कृष्ण बहादुर महरालाई स्थायी कमिटि सदस्यमा ल्याउने निर्णय गरेको छ । यसअघि बसेको स्थायी कमिटि बैठकले केन्द्रीय कमिटि बैठकमा महराको नाम सिफारिस गरेको थियो।

बैठकले २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्टपतिद्वारा प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, प्रतिगामी, स्वेच्छाचारी कदम ठहर गर्दै त्यसलाई भत्सर्ना र अस्वीकार गर्ने ठहर गरेको छ ।

त्यस्तै बैठकले संसद विघटनको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि गरेको छ

बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् ।