• २०८१ पुष ८, २०८१ ०१:५८

काठमाडौँको तापक्रम शुन्यमा झर्यो

काठमाडौँ । चिसो बढेसंगै काठमाडौँको तापक्रम बिहिबार बिहान शुन्यमा झरेको छ ।

आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।

चिसो बढेसंगै मानिसको जीवनयापनमा कठिन उत्पन्न भएको छ । चिसोबाट बच्न खानपान र रहनसहनमा ध्यान दिनु पर्दछ । जस्तै न्यानो कपडा लगाउनुपर्छ। घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ। भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन्। चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ। जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ।