• २०८१ पुष ८, २०८१ ०५:०८

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि

काठमाडौँ । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन अघि बेलायतबाट फर्किएको ३ जनामा नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि गरेको छ । बेलायतबाट फर्किएकाहरु मध्ये ६ वटा नामुनाहरुको SARS-COV-2 परिक्षणको नतिजा नेपालमा परिक्षण गर्दा ३ वटा नमुनामा एस-जिन टार्गेट नेगेटिभ देखिएकोमा उनीहरुमा नयाँ प्रजातिको भाइरस हो होइन भनेर पुष्टि गर्न पुस २७ गते हङकङ प्रयोशाला पठाएको थियो । उक्त ३ वटै नमुनाको रिपोर्टमा नयाँ प्रजातिको भाइरस भएको पुष्टि भएको छ ।

२८ बर्षीय महिला, ६७ बर्षीय पुरुष र ३२ बर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको छ । उक्त भाइरस बेलायतमा देखिएको नयाँ भेरीयन्ट पुष्टि भएको हो ।

३ जना मध्ये २८ बर्षीय महिला र ३२ बर्षीय पुरुषमा नेगेटिभ भैसकेको छ भने ६७ बर्षीय पुरुषमा पोजेटिभ नै भएपनि लक्षण देखिएको छैन ।

स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिबाट बच्न उच्च सावधानी अपनाउन अनुरोध गरेका छन् । भ्याक्सिन उपलब्ध नहुन्जेल सम्म भिडभाडमा नजाने र जानु परेमा दुई मिटरको दुरी कायम राख्ने, बाहिर निस्कदा अनिबार्य मास्कको प्रयोग गर्ने र स्यानिटाइजर प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ।