• २०८१ पुष ८, २०८१ १०:१०

डोनाल्ड ट्रंप ह्वाइटहाउस बाट बिदा भए

वासिंङटन । जो बाइडेन संग पराजित भएपछि राष्टपति डोनाल्ड ट्रंप ह्वाइटहाउस बाट विदा भएका छन् । दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा ट्रंप पराजित भएका थिए । बुधबार निर्वाचित जो बाइडेनको सपथ ग्रहण कार्यक्रम अघि नै ट्रंप ह्वाइटहाउस बाट विदा भएका हुन् ।

ट्रंपले निवार्चित जो बाइडेनलाई स्वागत नगरी फ्लोरिडा उडेका छन् ।

ट्रम्पले ऐतिहासिक संस्कार विधि समेत लत्याएका छन् । राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका हुन् ।

कार्यकालको अन्तिम दिन बिदाइ सम्बोधन गर्दै ट्रम्पले तुलनामक रुपमा केहि सकारात्मक अभिव्यक्ति दिएका छन् । छोटो भिडियो सम्बोधनमा उनले आफ्नो प्रशासनको बचाउ गरेका थिए । ‘अमेरिका कातर आत्माहरूको देश होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने, ‘हामी सधै संसारका लगि आशा, प्रकाश तथा गौरवको भूमि हौं र भविष्यमा पनि रहिरहनुपर्छ ।

त्यसैगरि निर्वाचित राष्टपति जो बाइडेनले ह्वाइटहाउसमा पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए ।