काठमाडौँ । नेकपाका प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय गरेको छ । आइतबार पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । यसघि संसद विघटन लगतै ओलीलाई पार्टीकोअध्यक्षबाट मुक्त गरेर माधव नेपाललाई अध्यक्ष बनाएको थियो ।
ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई जिम्मेवारी दिने निर्णय गरेको छ । माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै सोमबार अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
संसद विघटनपछि अहिले प्रचण्ड-माधव पक्षले सशक्त सडक आन्दोलनको सुरुवात गरिरहेको छ भने संसद विघटनको मुद्धा अहिले अदालतमा विचाराधीन रहेको छ । यसको अन्तिम निर्णय आउन अझै केहि समय लाग्ने देखिएको छ । ओली पक्षले संसद विघटनको प्रतिरक्षा गरिरहेको छ भने नागरिक समाज देखि अन्य राजनीतिक पार्टीले यसको सडकबाटै विरोध गरिरहेको छ।