• २०८१ पुष ८, २०८१ ०६:१८

प्रचण्ड -नेपाल पक्षले गरे आम हड्तालको घोषणा

काठमाडौँ । प्रचण्ड- नेपाल पक्षले भोलि बिहिबार देशभर आम हड्तालको घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक कदम विरुद्ध आम हड्ताल गर्ने निर्णय गरेको हो । केपी ओलीले आज मात्र बिभिन्न संबैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरे संगै प्रचण्ड- नेपाल पक्ष लगायत बिभिन्न राजनीतिक पार्टी कानुनविदहरुले यसको विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भटाभट संबिधान बिपरित कार्य गर्दै आएका छन् । त्यसको अहिले चौतर्फी रुपमा विरोध भैरहेको छ भने नेकपाका प्रचण्ड-नेपाल खेमाले सडक प्रदर्शन गरिरहेका छन् । देशको कार्यपालिका प्रमुखले नै देशको संबिधान उल्लंघन गरेकोले अहिले देशमा राजीनितिक र संबैधानिक संकट उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ पुरा गर्न देशलाई फेरी मुठभेड तर्फ धकेली दिएको छ ।

भोलिको आमहड्ताल संगै देश अब अनिश्चयको बाटोमा प्रवेश गर्ने निश्चित देखिन्छ । यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले संबैधानिक विपरित गरेका कदम फिर्ता लिन जरुरि छ नत्र फेरी देश अस्थिरतामा फस्ने देखिन्छ ।