• २०८१ पुष ८, २०८१ ०६:४५

३ दलको बैठक बिनानिष्कर्ष सकियो

काठमाडौँ । सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउबाले बोलाएको ३ दलको बैठक बिनानिष्कर्ष सकिएको छ । देउबा निबास बुढानिलकण्ठमा नेकपा माओबादी केन्द्र, जसपा र नेपाल कांग्रेसको बैठक बसेको थियो ।

आजको बैठकमा नेपाली कांग्रेसको तर्फबाट देउबाले सरकारको नेतृत्व गर्ने र ओलीको राजिनामा माग्ने बिषयमा दलहरुलाई औपचारिक जानकारी गराएका थिए ।

जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका थिए । तर जनता समाजवादी पार्टीले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएपछि बैठकमा कुनै ठोस निर्णय हुन सकेन ।

३ बजे बस्ने भनिएको बैठक जसपाका नेताहरु ढिला पुगेका कारण १ घण्टा ढिलो सुरु भएको थियो । बैठक करिव ४५ मिनेट बसेको थियो । आजको बैठकले ठोस निर्णय गर्न सक्ने अनुमान गरिएतापनि जसपाले थप समय मागेको कारण बैठक बिनानिष्कर्ष सकिएको हो ।

जसपाको बैठक पछि पुन ३ दलको बैठक बस्ने सहमति भएको कांग्रेस प्रवक्ताले बताएका छन् ।

जनता समाजवादी पार्टी अहिले सरकार गठनका लागि निर्णयका भूमिकामा रहेको छ । जसपाको साथ बिना कांग्रेस र नेकपा माओबादी केन्द्रको मात्रै सरकार गठनका लागि बहुमत पुग्दैन । त्यसैले जसपाको साथ अपरिहार्य देखिएको छ ।

जसपामा ओलीलाई समर्थन गर्ने कि कांग्रेस नेकपा माओबादी संग मिलेर सरकारमा जाने भन्ने बिषयमा विवाद रहेको छ । अहिले जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्व ओलीलाई साथ दिनु पर्ने पक्षमा देखिएको छ भने डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने कांग्रेस माओबादी संग मिलेर ओलीलाई हटाउने पक्षमा देखिएको छ ।