• २०८१ पुष ८, २०८१ ०६:२६

प्रधानमन्त्री ओलीले गरे २२ तले धरहराको उद्घाटन

काठमाडौँ । धरहरा टावरको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् ।
धरहरा रहेको सुन्धारामा शनिबार आयोजित एक कार्यक्रम मार्फत प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।
२०७२ साल बैशाख १२ गते गएको भूकम्पले भत्काएको धरहरालाई राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माण गरिरहेको छ ।
धरहरालाई पुरानै शैलीमा निर्माण गरिएको छ । यो २२  तले रहेको छ । यसको बाह्य स्वरुप पुरानै देखिएपनि भित्र अधुनिक शैलीमा सुबिधा सम्पन्न बनाएको छ ।
धरहराको 20 औं तलामा जानका लागि आउने जाने लिफ्टको व्यवस्था गरिएको छ भने २० औं तलबाट काठमाडौँ दृश्य हेर्न सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै धरहराको रंगरोगनको काम देखि बत्ति देखि २० औं तलामा सिसा राख्ने काम पनि सम्पन्न भएको छ ।
धरहरा टावरको काम सकेपनि बाँकी काम भने सम्पन्न भएको छैन त्यसैले अहिलेनै धरहरा अवलोकन गर्न पाइदैन ।अहिले धरहरा परिसरमा बगैंचा, पार्किङ रेस्टुरेन्ट थेटर लगायतको काम तिब्र गतिमा काम भईराखेको छ ।
२०७२  साल बैशाख १२  गते गोर्खाको बार्पक केन्द्रबिन्दु भएर आएको भूकम्पले ९ तले धरहरा भत्काएको थियो भने 8 हजार भन्दा बढीको ज्यान गएको थियो ।
बिक्रम सम्बत १८८२ सालमा धरहरालाई तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरीको सम्झनामा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० साल अघि धरहरा ११  तले रहेको थियो भने १९९०  सालमा आएको भूकम्पले १० र ११ तले भत्काएपछि 9 तलेमा सिमित भएको थियो।