• २०८१ पुष ८, २०८१ ०६:१२

काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु (तस्बिरमा)

काठमाडौँ | बिहिबार देखि उपत्यकामा निशेधाज्ञा लागु भएको छ | निषेधाज्ञाको कारणले सडक सुनसान देखिन्छ |सडकमा अत्यावश्यक सवारी साधन बाहेक  सार्वजनिक सवारी साधन चलेका छैनन् |

सडकमा फाटफुट्ट एम्बुलेन्स, सुरक्षाकर्मीको गाडी, खानेपानी बोक्ने गाडी, बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी बोक्ने गाडी, खाध्य सामग्री बोक्ने ढुवानीको साधन भने निर्बाद चलेका छन् |

काठमाडौँ उपत्यकामा एक हप्ता निशेधाज्ञा जारी भएको छ भने थप एक हप्ता थप गर्ने मन्त्रीपरिषद्को निर्णय रहेको छ | कोरोना नियन्त्रण गर्न गरिएको निशेधाज्ञा कति प्रभाबकारी हुने हो त्यो भने अझै केहि दिन कुर्नु पर्ने हुन्छ | कोरोना नियन्त्रण निशेधाज्ञाले मात्रै हुदैन त्यसको लागि नागरिक सचेत हुनु पर्छ भने स्वास्थ्यको मापदण्ड पालना गर्नु पर्ने हुन्छ |

काठमाडौँमा निशेधाज्ञा लागु भएसंगै प्रहरीले ठाउँ ठाउँमा कडा चेकिङ गरेका छन् | प्रहरीले जिल्ला प्रशासनको पास नलिएका सवारी साधनलाई कारबाही गरेका छन् |

नेपालमा कोरोना संक्रमण तिब्र रुप फैलिएको छ भने भारतमा कोरोनाले बितण्ड मच्चाएको छ |भारतमा फैलिएको कोरोनाको असर नेपालमा परेको छ |कोरोनाको दोर्स्रो लहर पहिलो भन्दा निकै खतरनाक मानिएको छ | अहिलेको कोरोना संक्रमणबाट धेरै बालबालिकाको मृत्यु भएको छ |