• २०८१ पुष ८, २०८१ ०६:२९

उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय – निजि सवारीमा जोर बिजोर प्रणाली

काठमाडौँ । उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको भक्तपुर, ललितपुर र काठमाडौँ जिल्ला प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञा अषाढ १४ गते सम्म थप गरिएको छ । त्यसैगरी निजि सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरिएको छ ।

तिनवटै जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले ८ गते बाट लागु हुने गरि जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।

यस्तै सपिङ् मल फेन्सी लगायत व्यावसाय भने बार अनुसार खोल्न दिने भएको छ ।

सपिङ मल, फेन्सी पसल, डिपार्टमेन्ट स्टोर, कस्मेटिक, गिफ्ट, साडी, जुत्ता आइटम सोमबार, बुधबार र शुक्रबार बिहानको ११ बजे देखि ४ बजे सम्म  संचालन गर्न दिने निर्णय भएको छ ।

त्यस्तै मोबाइल, कम्प्युटर, सुन पसल, भाडा पसल, अटोमोबाइल शोरुम, इलेक्ट्रोनिक पसल आइतबार, मंगलबार र बिहिबार बिहान ११ बजे देखि ४ बजे सम्म संचालन गर्ने दिने भएको छ ।