• २०८१ पुष ८, २०८१ ०४:३८

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख आइपीओ साउन २० गतेबाट निष्कासन गर्ने

काठमाडौँ । साउन २० गते देखि सानिमा लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ६० करोड रुपयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले ६० लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।  सर्बसाधारणले भने ५४ लाख कित्ताका लागि आबेदन दिन सक्नेछन् ।

कम्पनीले कुल पुँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । आइपीओ साउन २० गते देखि ढिलोमा भदौ २ गते सम्म आबेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्ता सम्म आबेदन दिन सक्नेछन् ।

आइपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।