• २०८१ पुष ८, २०८१ ०६:४४

म माओबादीमै छु एमाले प्रवेश गरेको छैन : टोप बहादुर रायमाझी

काठमाडौँ । नेकपा माओबादी केन्द्रका पुर्वनेता टोप बहादुर रायमाझीले आफू एमालेमा प्रवेश नगरेको बताएका छन् । बुधबार सर्बोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको निबेदनमा उनले एमाले प्रवेश नगरेको दाबी गरेका हुन् ।

रायमाझी नेकपा माओबादी छोडेर केपी ओली सरकारमा उर्जा मन्त्रि बनेका थिए भने उनलाई पुर्व माओबादी केन्द्रले सांसद पद र पार्टीको सदस्य बाटै निष्कासन गरेको थियो । पुर्व माओबादी केन्द्रले पार्टी बाट निश्कासन गरेको करिब ४ महिनापछि रायमाझीले सर्बोच्च अदालत पुगेर एमाले प्रवेश नगरेको दाबी गरेका छन् ।

उनले दायर गरेको रिटको मुद्धामा अहिलेसम्म केपी ओलीले नेतृत्व गरेको पार्टी एमालेमा औपचारिक रुपमा प्रवेश नगरेको उल्लेख गरिएको छ । हालसम्म पनि उनि नेकपा माओबादीमै रहेको दाबी गरेको छन् ।

त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।

नेकपा टुक्र्याउने सर्बोच्च अदालतको निर्णय संगै माओबादी केन्द्रका नेताहरु रामबाहदुर थापा, मणि थापा, प्रभु शाह, तोप बहादुर रायमाझी लगायत नेताहरुले एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।