• २०८१ पुष ८, २०८१ ०५:२७

२४ घन्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना पुष्टि १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा गएको २४ घन्टामा ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  १४ हजार २४२ जनामा नमुना परिक्षण गर्दा ३३६५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै सोहि अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमण मुक्त भएका छन् ।

देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

हालसम्म पिसिआर विधिबाट ३५ लाख ८४ हजार ४१९ परिक्षण भएका छन् भने एन्टीजेन विधिबाट ३ लाख ९ हजार २३३ जना परिक्षण भएका छन् । यस्तै पिसिआर परिक्षण गर्दा ६ लाख ९० हजार ६४२ र एन्टीजेन विधिबाट परिक्षण गर्दा ५९ हजार ३८० जना पुगेको छ ।