• २०८१ पुष ८, २०८१ ०६:२२

साउनको तेस्रो सोमबार पशुपतिनाथमा भक्तजनको भिड

काठमाडौँ । साउनको तेस्रो सोमबार पशुपतिनाथमा भगवान शिवको पूजा आराधना गर्न भक्तजनको भिड लागेको छ ।

साउनको महिना विशेषगरी भगवान शिवको पूजा आराधना गरेर मनाउने गर्दछ। महिनामा साउन र बारमा सोमबार भगवान शिवको बारे भएको यस दिनमा भगवान शिवको पूजा आराधना एवं दर्शन गर्नाले मनोकामना पुरा हुन्छ भन्ने स्धर्मिक विश्वास रहेको छ ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

 

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।

साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

बिहानै देखि पशुपतिनाथ मन्दिर गेटमा गएर भक्तजनहरुले पूजाआज गरेका छन् । कोरोनाका कारण मन्दिर भित्र प्रवेश निषेध गरिएको कारण उनीहरुले बाहिर नै पूजा आराधना गरेका हुन् । यस बर्ष कोरोना महामारीले गर्दा पशुपतिनाको मन्दिर खुल्ला गरिएको छैन । भक्तालुहरुले पशुपतिनाथ परिसरमा नाचगान गरेर भगवान शिवको भजन कृतन गरेका छन् । कोरोना महामारी भएतापनि भक्तहरुको निकै भिड भएको देख्न सकिन्छ