• २०८१ पुष ८, २०८१ ०६:३१

गठबन्धन सरकार मिलिजुली खान बनेको हो : केपी शर्मा ओली

काठमाडौँ । प्रतिपक्षी दल एमालेका नेता तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्ने क्रममा अहिलेको गठबन्धन सरकार मिलिजुली खान बनेको बताएका छन् । देउबा सरकार विरुद्ध ओली निकै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । संसद नआएको आरोप खेपेका ओलीले आज संसदमा लामो समय सम्बोधन गरेका थिए । अपवित्र अनुचित असमयिक, अलोकतान्त्रिक, असंबैधानिक गठबन्धनबाट मेरो जिम्मेवारी खोसिएको उनले बताए ।

राजनीति कहिलेकाही यस्तो हुदोरहेछ। दुनियाँमा एउटा नयाँ नजिर कायम भएको छ अदालतबाट प्रधानमन्त्री तोकिने बिश्वोमा पहिलो रेकर्ड भएको ओलीले बताए । प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै पनि चिन्ता छैन । मेरो चिन्ता लोकतान्त्रिक प्रणालीको चिन्ता छ । लोकतान्त्रिक सस्कृति होइन गठबन्धनको संस्कृति तिर हामीले प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणली, प्रतिस्पर्धात्मक बहुदलिय राजीनितिक प्रणाली हामीले संघर्ष गरेर ल्यायौं । त्यो संस्कृतिबाट त्यो प्रणलीबाट भत्ता अलोकतान्त्रिक स्वार्थहरुको गठबन्धनको संस्कृति तर्फ देश जान थालेको ओलीले बताए । यसले बिकासको अभियानलाई ड्राइभ गर्न नसक्ने उनले बताए ।

बहुत राम्रो घठजोड छ तपाइहरुको देउबा सरकारप्रति संकेत गर्दै ओलीले भने सरकार बन्न सकेन चार जना मन्त्री बोकेर हिड्नु भाको छ, सबै मन्त्रालय आफैसंग राख्नु भाको छ । अहिलेसम्म मन्त्रिपरिषद गठन हुन नसकेकोप्रति ओलीको असन्तुष्टि थियो ।

ओलीले प्रचण्डलाइ संकेत गर्दै म आगो हुँ म संग नखेल भन्नु भयो । मलाई थाहा छ उहाँ आले बिगतमा देशमा डढेलो लगाएको म सम्झन्छु । उहाँ आगो हो थाहा छ डढेलो लगाउनु हुन्छ तर एक दुई बाल्तिले निभाएको पनि सम्झना होस् । यस्तो डढेलो निभाउन हामीलाई पनि आउछ । यस्तो आगो निभाइन पानि खन्याउनु पर्छ ओलीले भने प्रतिपक्षलाई धम्क्याउने सरकार बन्दैछ बाबा म आगो हुँ धम्कि? म संग नखेल धम्कि ? गालि गरेर सरापेर प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमति । नत्र नत्र के गर्नुहुन्छ भन्दै प्रचण्डलाई प्रश्न गरे ।