काठमाडौँ । नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले पदभार समालेका छन् । बुधबार नेपाल विधुत प्राधिकरणमा पुगेर उनले कार्यभार समालेका हुन् ।
कुलमान ११ महिनापछि विधुत प्राधिकरणमा कम्ब्याक भएका हुन् । उनलाई सरकारले विधुत प्राधिकरणमा पुन नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । वर्तमान कार्यकारी निर्देशक हितेंद्रदेब शाक्यलाइ भने उर्जा आयोगमा बिशिष्ट श्रेणीको सदस्यको रुपमा नियुक्त गरिएको छ ।
कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीहरुले भब्य स्वागत गरेका थिए ।
घिसिङले चरम लोडसेडीङ मुक्त नेपाल बनाएको थियो भने ३३ अर्ब घाटामा रहेको प्राधिकरणलाई बार्षिक १२ अर्ब मुनाफा कमाउन सफल बनाएको थियो । दुरुहपूर्ण अवस्थामा पुगेको प्राधिकरणलाई सबल र सक्षम संस्थाका रुपमा विकास गरेको तथा रुग्ण भएका आयोजनालाई सम्पन्न गरेका कारण घिसिङलाई पुनः नियुक्तिको माग हुँदै
आएको थियो ।