काठमाडौँ । मानुषी लघुवित्तको आइपीओमा शुक्रबार सम्म साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्ममा कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
लघुवित्तको आइपीओमा साउन २७ गते देखि ३१ गते सम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ।