• २०८१ पुष ८, २०८१ ०६:५८

देउबा सरकार कुनैपनि बेला अल्पमतमा पर्न सक्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले देउबा सरकार कुनैपनिबेला अल्पमतमा पर्न सक्ने आकलन गरेका छन् । शनिबार बसेको माओबादी केन्द्रको बैठकमा प्रचण्डले उक्त कुरा बताएका हुन् । माधव नेपालका अडानका कारणले मात्रै टिकेको पनि उनले बताए ।

प्रतिगमन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् । माधव नेपालको अथक प्रयासले गर्दा मात्रै यो सरकारलाई बहुमत पुगेको छ प्रचण्डले भने कुनैपनि बेला खतराको घन्टी बज्न सक्छ ।

सरकारको गणितबारे चर्चा गर्दै प्रचण्डले भने जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । कांग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्रा हुन्छ, यत्ति हो ।यसरि हेर्दा हामी अल्पमतमा छौँ ।