काठमाडौँ । तालिबानले अफगानिस्तानको राजधानी काबुललाई चारैतिरबाट घेराबन्दी गरेका छन् । तालिबानले अफगानिस्तानको धेरै प्रान्तहरु आफ्नो कब्जामा लिसकेका छन् भने सत्ताको निर्णयक लडाईका लागि काबुल घुसेका हुन्। अफगानिस्तानको ३४ मध्ये २५ प्रान्त तालिबानले कब्जामा लिइसकेका छन् । अफगानिस्तान सरकारले भने शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न खोजेका छन् जसका लागि तालिबान र अफगानि सरकार बीच बार्ता चलिरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । काबुलको सडकमा अहिले हातहतियारसहित तालिबानी लडाकुहरु तैनाथ भएका छन् ।
तालिबान विरुद्ध अफगानिस्तान सरकार संघर्ष नगर्ने पक्षमा पुगेका छन् भने आत्मसमर्पणको बाटो रोज्ने बताएका छन् । तालिबान काबुल घुसेसंगै अफगानिस्तान सरकार थर थर काम्न थालेका छन् जसकालागि दुवै पक्षबीच बार्ता जारी रहेको छ । तालिबानले काबुल कब्जा नगर्ने बताएका छन् भने कोहि नागरिक र सेनालाई कारबाही नगर्ने पनि बताएका छन् । तालिबानले अफगानिस्तान सरकारले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गरोस भन्ने चाहेका छन् ।
यस्तै अमेरिकाले ५ हजार सेना अफगानिस्तानमा खटाउने बताएका छन् । अमेरिकाले आफ्नो नागरिकको सुरक्षाको लागि आफ्नो सेना पठाउन लागेको हो। केहि हप्ता अघि देखि अफगानिस्तान सरकार र तालिबान बीच संघर्ष जारि रहेको थियो । अन्तत अफगानिस्तान सरकार तालिबानसंग झुकेका छन् ।