• २०८१ पुष ८, २०८१ १०:४२

बाइडेनले भने – अफगानी सैनिकले बिना लडाई हार मान्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानी सैनिकले बिना लडाई तालिबानसंग हार मानेको बताएका छन् । यसको जिम्मेवार अफगानी राष्ट्रपति असरफ घानी भएको पनि बताए । बिद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक देशबासीलाई सम्बोधनको गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

अमेरिकाले अफगानिस्तानको लागि अर्बौ डलर खर्च गर्यो तर अफगानी नेता देशको भलाईका लागि साथ दिन नसकेको बाइडेनले बताएका छन् । राष्ट्रपति असरफ घानी देश छोडेर भागे, अफगानी सैनिक फोर्सले बिना लडाई हार मान्यो । हामीले हाम्रो देशको हितको लागि सैनिकको भलाईको लागि सैनिकको त्याग देखेर सेना फिर्ता बोलाउन उचित ठाने । आमेरिकी सेना फिर्ता बोलाउन सहि समय थिएन अझैपनि हामी त्यहाँ छौँ । मैले मेरो देशको जनताको लागि वाचा गरेको छु । म सदैव अमेरिकी जनताको साथमा छु । हामीले सेना फिर्ता बोलाउन अलिकति चाडो भएको पनि उनले बताए ।

बाइडेनले सम्बोधनको क्रममा आफ्नो बचाऊ गर्दै अफगानीस्तान नेताको विरोध गर्दै भने अफगानिस्तानको हालत अचानक बदलेको छ यसको असर अन्य देशमा पनि परेको छ । आतंकवाद विरुद्धको लडाई जारि रहने पनि बाइडेनले बताएका छन् । अमेरिकी नागरिक माथि हमला भयो भने तालिबानले ठुलो क्षेति व्योहोर्नु पर्ने भन्दै कडा चेतावनी दिएका छन् । अमेरिकाले आफ्नो सैनिक फिर्ता गरेपछि अहिले तालिबानले अफगानिस्तान कब्जा गरेको छ। २० बर्षपछि फेरी तालिबान सत्तामा पुगेका छन् ।