• २०८१ पुष ८, २०८१ १०:०३

अफगानिस्तानको काबुल एयरपोर्टमा आत्मघाती बम बिस्फोट १३ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुल एयरपोर्टमा आत्मघाती बम हमला भएको छ । बम बिस्फोटमा परि १३ जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । काबुल एयरपोर्ट बाहिर दुईवटा बाम प्रहार भएको हो । अमेरिकन सेनालाई तारगेट गरेर यो आत्मघाती हमला बताएको छ । काबुल एयरपोर्टअमेरिकन सेनाको नियन्त्रणमा रहेको छ भने एयरपोर्ट बाहिर तालिबानी सेनाले सुरक्षा दिएको छ ।

काबुल एयरपोर्टमा भएको बम हमलाको आतंकवादी संघठन ISIS ले जिम्मेदारी लिएको छ । यो घटना हुनुभन्दा केहि दिन अगाडी अमेरिकन राष्ट्रपतिले काबुलमा हमला हुन सक्ने बताएको थियो । यो घटना हुनुमा अमेरिकन राष्ट्रपति जो बाइडेन दोषी रहेको बताएका छन् । केहि महिना अघि अमेरिकन राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकन सेना फिर्ता बोलाउने निर्णय गरेको थियो । जो बाइडेनले यो निर्णय गरे लगत्तै तालिबानले अफगानिस्तानको विभिन्न प्रान्त कब्जा गर्दै अन्तत राजधानी काबुल कब्जा गरेर २० बर्षपछि अफगानिस्तानको सत्ता लिन सफल भयो । तालिबानले अफगानिस्तानको काबुल कब्जा गरेसंगै अहिले त्यहाँ बसोबास गर्ने बिदेशी तथा स्वदेशी नागरिकले अफगानिस्तान छाड्न थालेका छन् । अहिलेसम्म ७० हजार जनाले अफगानिस्तान छाडेका छन् भने हजारौं मानिस एयरपोर्ट भित्र अफगानिस्तान छाड्नेको भिड रहेको छ ।