• २०८१ पुष ८, २०८१ १०:४३

काबुल एयरपोर्ट नजिक रकेट हमला २ जनाको मृत्यु ३ जना घाइते

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुल एयरपोर्ट नजिक एक घरमा रकेट हमला भएको छ । रकेट हमलामा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रकेट प्रहारपछि मानिसहरुको भागदौड मच्चिएको थियो । ३ दिन अघि पनि एयरपोर्टमा बम ब्लास्ट भएको थियो जसमा १७० जनाको मृत्यु भएको थियो भने १३ जना अमेरिकन सेनाको मृत्यु भएको थियो । आइतबार भएको रकेट हमला अमेरिकाले स्ट्राइक गरेको बताएको छ । ISIS लुकेको सुचनाको आधारमा अमेरिकाको यो रकेट हमला भएको बताएको छ ।

अफगानिस्तान तालिबानले कब्जा गरेपछि अहिले काबुल एयरपोर्ट तनावपूर्ण अवस्था बनेको छ । अहिले अफगानिस्तानबाट विभिन्न देशका सरकारी अधिकारीहरु संगै अफगान नागरिक पनि अफगानस्तान छोडेर गएका छन् । अगस्ट महिनाको ३१ गते सम्म सबै बिदेशी  सैनिकलाई अफगानिस्तान छोड्न तालिबानले आदेश दिएको छ ।तालिबानले अझै सरकार गठन गरेको छैन, कसको नेतृत्वमा सरकार गठन हुने हो त्यो अझै अनिश्चित रहेको छ । जबसम्म सबै बिदेशी सैनिक अफगानिस्तानबाट जादैन तबसम्म सरकार नबन्ने तालिबानले बताएको छ, जसका लागि अगस्ट ३१ तारिखसम्म डेटलाइन दिएको छ ।