• २०८१ पुष ८, २०८१ ११:०५

वामदेव गौतमले त्यागे एमाले पार्टी

काठमाडौँ । वामदेव गौतमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । उनले शुक्रबार एमाले पार्टी परित्याग गरेका हुन् । उनले एमाले परित्याग गरेको पत्र पार्टी कार्यालयमा बुझाएका छन् ।

एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।

राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।