• २०८१ पुष ८, २०८१ ०४:३४

शेयर बजारमा ठुलो पहिरो

काठमाडौँ । साताको पहिलो दिन शेयर बजारमा भारि गिरावट देखिएको छ । कारोबार शुरु भएसंगै सबै समूह राताम्य बनेका छन् भने नेप्से १ बजेर८ मिनेट सम्म १४७ अंकले घटेर २७७९ बिन्दुमा आइपुगेको छ । शेयर बजार घट्नुको मुख्य कारण शेयर धितो कर्जाको सीमालाई लिएको छ । शेयर धितो कर्जा १२ करोडमा सिमित गरेपछि लगानीकर्ताहरु अतालिएर शेयर बेच्न थालेका छन् जसले शेयर बजारमा ठुलो असर देखापरेको छ ।

लगानीकर्ताहरुले शेयर धितो कर्जाको विरोध गरेका छन् भने यसको खारेजीको माग पनि गरेका छन् । यस्तै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गरेका छन् । नेपाल राष्ट बैंककाे अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियाेजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेकाे भन्दै गभर्नर महाप्रसाद अधिकारीकाे यथाशिघ्र राजिनामाकाे माग गरिएकाे छ ।