• २०८३ जेष्ठ २५, २०८३ ०६:०६

एमसीसी उपाध्यक्ष काठमाडौँमा

काठमाडौँ । एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौँमा आइपुगेकि छिन् । नेपालमा एमसीसीको विरोध हुदै गर्दा उपाध्यक्ष सहितको टोलि बिहिबार काठमाडौँ आएको हो । एमसीसीको बिषयमा बार्ता गर्न फातिमाको टोलि काठमाडौँ आएको हो । एमसीसीको टोलीले प्रधानमन्त्री तथा बिभिन्न पार्टीका नेताहरु संग भेटबार्ता गर्ने कार्यतालिका रहेको छ ।

“मिलेनीअम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,” एमसीसीको वेबसाइटमा उल्लेख छ।। यो विश्वका ४६ देशसंग सम्झौता भैसकेका छन् भने केहि देशले यसलाई अस्विकार गरिसकेका छन् । यस्तै नेपालमा पनि यसको व्यापक विरोध भएका छन् । जनस्तरबाट नै यसको विरोध भएपछि नेपाल सरकारले एमसीसीलाई पत्र पठाएको थियो । नेपाल सरकारले पठाएको पत्रको जवाफ आइसकेको छ । एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ । तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ ।