• २०८३ जेष्ठ २५, २०८३ ०६:०६

तीजमा पशुपतिनाथमा देखियो यस्तो रौनक (फोटोफिचर)

काठमाडौँ । आज हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धुमधामसंग मनाएका छन् । हिन्दु महिलाहरुले महादेवको पूजा आराधना गरेर मनाएका छन् । बिशेषगरि पशुपतिनाथको मन्दिरको बाहिर महिलाहरुले पूजा आराधना, उपासना गरेर धुमधामसंग नाचगान गरेर तीज मनाएका हुन् ।

कोरोना महामारीका कारण पशुपतिनाथको मन्दिर बैशाख देखि बन्द रहेका छन् । तीजमा अघिल्लो वर्ष पशुपतिनाथमा भिड थिएन तर यसवर्ष भने हिन्दु नारीहरुले हर्षल्लाशका साथ तीज मनाउन पाएका छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।