काठमाडौँ । भदौ ४ गते देखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । स्वास्थ्य निर्देशनालयले बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । पहिलो चिनियाँ भेरोसेल खोप लगाएकाहरुले कार्ड देखाएर खोप लगाउन सकिने बताइएको छ ।
दोस्रो डोज भदौ ४ गते देखि ६ गते सम्म लगाउन सकिने बताईएको छ । चीनबाट ४४ लाख भेरोसेल खोप काठमाडौँ शुक्रबार आइपुगे संगै दोस्रो डोज लगाउन लागिएको हो । दोस्रो डोज काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा गएर लगाउन सकिने छ । पहिलो लगाएकाहरुले आफुलाई पाईपर्ने ठाउँमा गएर खोप लगाउन सकिने छ । खोप लगाउनका लागि तोकिएको केन्द्रहरु तल उल्लेख गरिइएको छ ।