• २०८१ पुष ८, २०८१ ११:१२

दशैँ बजार न्युरोड असनमा खुट्टा टेक्ने ठाउँ छैन (फोटोफिचर)

काठमाडौँ । बडा दशैँको आगमन संगै अहिले न्युरोड, असन र इन्द्रचोकमा किनमेल गर्नेको भिड लागेको छ । मानिसहरु न्युरोड देखि इन्द्रचोक हुदै असन बजारसम्म सामान रोज्दै  ब्यस्त छन् ।

दशैको भिडले हराउने यो ठाउँमा मानिसको लर्कोले गर्दा असन देखि इन्द्रचोक पुग्न करिब ३० मिनेट लाग्ने गर्दछ । मानिस संग मानिस ठोक्किने दशैमा यो ठाउँमा आउनुको मज्जा छुट्टै छ । कोरोना कहरले पोहोर साल यो बजार बन्द रहेको थियो। एक बर्षपछि बन्दबन्दीमा घरमै बसेका मानिसहरु दशैको अवसर पारेर यस्तो लाग्छ प्राय सबै यहि बजारमा निस्केका छन् ।

यो दशैँमा ब्यापारी पसल खोल्न पाएकोमा खुशी छन् भने आमनागरिक झन् खुशी कोरोनालाई भुलेर घरबाट बजारमा निस्केका छन् । त्यसैले होला अहिले न्युरोडमा मानिसको खुट्टा हाल्ने ठाउँ छैन । दशैको समयमा सधै भिड हुने यो न्युरोड देखि असन बजारमा हरेक प्रकारका सामान सजिलै पाउन सकिन्छ । यसै त यो ठाउँ  केन्द्रिय राजधानी काठमाडौँको मुख्य ब्यापारिक केन्द्र हो ।त्यसैले होला यहाँ नपाउने सायदै कमै सामान होला । यस ठाउँमा ग्राहकले खोजेका सस्ता देखि महंगा सामान यसै ठाउँमा पाउन सकिन्छ । दशैमा सबैले खोजेको र रोजेको ठाउँ जहाँ मानिसहरु हिडेरै पनि मन प्रफुल्लित हुने गर्दछन् ।

दशैँ बजारमा सपिङ गर्ने भन्दा हिड्नेको भिड धेरै देख्न सकिन्छ । उनीहरुलाई भिडको जामको  कुनै चिन्ता छैन न कुनै रोग लाग्ला भन्ने नै चिन्ता छ । बर्षमा एकपटक आउने दशैँले सधै यो भिडको पुनरागमन गराउछ । यो भिडमा हिड्नुको मज्जा छुट्टै किनमेल गर्नुको मज्जा छुट्टै दशैँ बजार ।