• २०८१ पुष ८, २०८१ ०९:३४

सरकारले तमू ल्होसारमा भोलि सार्वजनिक बिदा दिने

काठमाडौँ । सरकारले भोलि पुस १५ गते तमू (गुरुङ) हरुको महान चाड ल्होसारका लागि सार्वजनिक दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो । २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

तमू ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

काठमाडौँको टुडिखेलमा तमू ल्होसारको अवसरमा भोलि प्रधानमन्त्री शेरबहादुर देउबाको प्रमुख आतिथ्यतामा बिबिध सांस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न हुनेछ ।