• २०८१ पुष ८, २०८१ ०९:४८

नेपाल निर्यात परिषदको छैठौं निर्यात दिवस २०७८ सम्पन्न (फोटोफिचर)

काठमाडौँ । नेपाल निर्यात परिषदले छैठौं निर्यात दिवस काठमाडौँ सम्पन्न गरेको छ । काठमाडौँको नेपाली घर होटेलमा भएको दुईदिने कार्यक्रम बिहिबार सम्पन्न भएको छ । स्वदेशी वस्तुको प्रवर्द्वन र  विकासको निमित्त नेपाली निकासी वस्तुहरुको प्रदर्शन गरेको थियो । प्रदर्शनीमा स्वदेशमा बनेका विभिन्न मुर्तिहरु, लत्ताकपडा, टोपी र पस्मिना लगायत वस्तुहरु राखिएको थियो |

 

छैठौ निर्यात दिवसको अन्तिम दिन सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्यात बढाएर आयातलाई घटाउने पहल गर्ने बताएका छन् ।  लागत कम गर्न के गर्न सकिन्छ त्यो सरकारको तर्फबाट सहुलियत दिने सबालमा सरकारले जिम्मेवारी तवरले नीति निर्माण गर्ने बताएका छन् । निर्यात र आयातलाई सन्तुलनमा ल्याउन उत्पादनलाइ बढाउन पनि सुझाब दिएका छन् । ब्यबसायीहरुले तरलता र बैंकको ब्याजदर घटाउन पनि माग गरेका थिए । ब्याजको बिषयमा एउटा बहस गर्नु पर्ने बताएका छन् । एकातिरबाट ब्याज मार्केटमा छोड्नु पर्छ भन्ने आवाज सुनिन्छ अर्कोतिरबाट ब्यबसायीलाई धराशायी हुने अवस्था सिर्जना भएको छ । यसको लागि छलफल गरेर निष्कर्ष निकाल्नु पर्ने अर्थमन्त्रीले बताए ।